लण्डन । बेलायतको रोजगार क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा फर्किएको छ ।
कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणको बाबजूद पनि बेलायतमा डिसेम्बर महिनामा १ लाख ८४ हजार मानिसहरुले नयाँ जागिर पाएका छन् । नोभेम्बर महिनाको तुलनामा डिसेम्बर महिनामा बेलायतमा रोजगारीको संख्या ०.६ प्रतिशतले बढेको छ ।
बेलायतकाे राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोभिड महामारी शुरु हुनु पूर्व सन् २०२० को फेब्रुअरीको तुलनामा १.४ प्रतिशत बढीले अहिले रोजगारी पाएका छन् ।
कार्यालयका अनुसार नोभेम्बर महिनामा बेलायतको बेरोजगारी ४.१ प्रतिशतमा झरेको थियो । अर्थशास्त्रीहरुले भने सो अवधिमा बेरोजगारी दर ४.२ प्रतिशतमा मात्र झर्ने पूर्वानुमान गरेका थिए ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले, ‘आजको तथ्याङ्कले बेलायतको रोजगार क्षेत्र बढिरहेको प्रमाणित गर्छ । डिसेम्बर महिनामा जागिर पाउनेहरुको संख्या बढिरहेको र जागिर गुमाउनेहरुको संख्या सन् २००६ यताको थोरै देखिएको छ’ भनेका छन् ।
कोभिड महामारी शुरु भएयता रोजगारीको सुरक्षा गर्न ‘फर्लो’ योजना ल्याएको थियो । सो योजना सेप्टेम्बर २०२१ मा सकिए पनि त्यसको असर रोजगार क्षेत्रमा खासै नपरेको ओएनएसले जनाएको छ ।
ओएनएसले जागिरेको संख्या बढे पनि बेलायतमा बढ्दो मुद्रास्फितिलाई सुहाउने गरीको कामदारको तलवमानमा वृद्धि भने नभएको बताएको छ । ओएनएसका अनुसार नोभेम्बर बेलायतको मुद्रास्फिति दश वर्षयताकै उच्च ५.१ प्रतिशतमा पुगेको थियो।
बैँक अफ इङ्ल्याण्डले अप्रिल महिनामा मुद्रास्फिति ३० वर्षकै उच्च ६ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित