अल्माटी । काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १६४ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु भएकाहरुको सङ्ख्या अझ बढी पनि हुनसक्ने छ ।
झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा अहिले भइरहेको उथलपुथलका कारण झन्डै छ हजार मानिस विस्थापित भएका छन् ।
आन्दोलनका क्रममा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको सबैभन्दा ठूलो सहर अल्माटीमै मृत्यु भएको हो ।
मृतकको सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रुपमा देखिएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि रहेका छन् ।
“सामान्यतया देशभरीको अवस्था अहिले स्थीर नै रहेको छ, तर कतिपय ठाउँमा सुरक्षाकर्मीहरु बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरुले सुरक्षा कारबाही पनि चलाएका छन्,” वक्तव्यमा लेखिएको छ ।
राष्ट्रपति कास्यम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो ।
मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।
आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् ।
आन्दोलनका क्रममा अरु सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक