अल्माटी । काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १६४ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु भएकाहरुको सङ्ख्या अझ बढी पनि हुनसक्ने छ ।
झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा अहिले भइरहेको उथलपुथलका कारण झन्डै छ हजार मानिस विस्थापित भएका छन् ।
आन्दोलनका क्रममा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको सबैभन्दा ठूलो सहर अल्माटीमै मृत्यु भएको हो ।
मृतकको सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रुपमा देखिएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि रहेका छन् ।
“सामान्यतया देशभरीको अवस्था अहिले स्थीर नै रहेको छ, तर कतिपय ठाउँमा सुरक्षाकर्मीहरु बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरुले सुरक्षा कारबाही पनि चलाएका छन्,” वक्तव्यमा लेखिएको छ ।
राष्ट्रपति कास्यम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो ।
मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।
आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् ।
आन्दोलनका क्रममा अरु सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ