सिउल । दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ ।
कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगरपालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।
राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहानगरपालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन । यसबाट ईन्छन उपहानगरपालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ ।
गत डिसेम्बर दोस्रो हप्तादेखि सुरु भएको नाम दर्ता र कार्ड बाँड्ने प्रक्रिया जनवरी अन्तिमसम्म चल्नेछ । कार्डमा भएको रकम मार्चभित्र खर्च गरिसक्नु पर्नेछ । नेपालीलगायत विदेशीले पनि यो रकम पाउने भनिए पनि ई ९ प्रवेशाज्ञा बाहकलाई भने नदिइने भएको छ । अधिकांश प्रवासी श्रमिकको प्रवेशाज्ञा ई ९ भएका कारण यसबाट लाभान्वित हुने प्रवासीहरू कम हुनेछन् । यद्यपि उक्त कार्ड प्रयोग गर्न सबैले पाउने र कार्डमा आफैँले पैसा राखेर अन्य समयमा किनमेल गर्दा १० प्रतिशत छुट पाउन सकिने कुरा यहाँ लामो समयदेखि श्रम गरिरहेका नेपाली बीबी सिंहले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक