कजाकिस्तानमा प्रदर्शनमा दर्जनौं मारिएको आशंका

अल्माटी । कजाकिस्तानमा देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरु मारिएको प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।
हिजो राति, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताउनु भएको छ ।

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रिपरिषद विघटन भएको घोषणा गर्नुभएको थियो । मध्यएसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले बुधबार मन्त्रिपरिषद् नै विघटन गर्नुभएको थियो ।

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । उहाँले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गर्नुभएको छ ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

मस्कोले पठायो सेना

मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतको लागि अनुरोध गरिएपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ।
सामूहिक सुरक्षा सन्धि सङ्गठनको शान्ति सेनालाई स्थितिलाई स्थीर र सामान्य बनाउन सीमित समयका लागि कजाकिस्तान गणतन्त्रमा पठाइएको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकले जनाएका छन् ।
यसरी पठाइएका सेनामा रूस, बेलारुस, आर्मेनिया, ताजिकिस्तान र किर्गिजस्तानको सशस्त्र बलको एकाइहरू रहेका छन् ।
विज्ञप्तिमा कति सेना पठाइँदैछ भनेर निर्दिष्ट गरिएको छैन तर रुसी दलमा देशको एयरबोर्न फोर्सका सदस्यहरू समावेश छन्।
सेनाको मुख्य कार्यहरू “महत्त्वपूर्ण राज्य र सैन्य सुविधाहरूको सुरक्षा र स्थितिलाई स्थिर बनाउन कानून र व्यवस्थाका बलहरूलाई सहयोग गर्नु हुनेछ,” विज्ञप्तिमा भनिएको छ।
यसले रूसी सेनालाई सैन्य विमानबाट काजाकिस्तानमा स्थानान्तरण गरिरहेको र अग्रिम इकाइहरूले “आवश्यक कार्यहरू पूरा गर्न पहिले नै शुरु गरिसकेको” बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री