लण्डन । दुई डोज खोप लगाएका यात्रुहरुलाई शुक्रबारदेखि अन्य देशबाट इङल्याण्ड आउँदा कोभिड टेष्ट गर्नु नपर्ने भएको छ ।
बेलायत सरकारले यही शुक्रबार बिहान ४ बजेदेखि इङल्याण्डको यात्रा गर्नुपूर्व कोभिड टेष्ट गर्न पर्ने नियम खारेज गरेको हो । यसअघि कोभिडको दुवै मात्रा खोप लगाएका १२ वर्षमाथिका सबै यात्रुहरुले इङल्याण्ड आउनु ४८ घण्टाभित्र पूर्व कोभिड नेगेटिभ भएको पुष्टि गरेपछि मात्र इङल्याण्ड आउन पाउने प्रावधान थियो ।
प्रधानमन्त्री बोरिस जोन्सनले उडान पूर्व कोभिड टेष्ट गर्नुपर्ने नियमका कारण इङल्याण्ड आउन चाहनेहरुलाई निरुत्साहित गरेको बताएका छन् । सो नियमका कारण यात्रुहरुमा विदेशमै थुनिने र अतिरिक्त खर्च लाग्ने डर रहेको पनि उनले उल्लेख गरेका छन् ।
बेलायतमा हरेक २५ जनामा एक जनालाई कोभिड संक्रमण भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उड्डयन व्यवसायीहरुले सरकारको त्यो नियमले केही प्रभाव पार्न नसकेको गुनासो गर्दै आएका थिए ।
यसैगरी इङल्याण्ड आइपुगेका यात्रुहरुले इङल्याण्ड आइसकेपछि कोभिड टेष्टको परिणाम नआएसम्म यसअघि घरमै आइसोलेसनमा बस्नपर्नेमा त्यो नियम पनि अब हटेको छ ।
यसैगरी, आइतबार बिहान ४ बजेदेखि इङल्याण्ड आइपुगेका यात्रुहरुले ल्याटरल फ्लो टेष्टमा पोजिटिभ भए पनि यदि कोभिडको लक्षण छैन भने पीसीआर टेष्ट पनि गरिरहनु नपर्ने भएको छ ।
बेलायतका अन्य राज्यहरु वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने फरक नियम छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल