तेल अवीव । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।
कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् ।
खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् ।
तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।
देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप छ हजार ५६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्ला दिनमा भन्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार सङ्क्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव