लण्डन । गुरुङ सोसाइटी केन्ट यूकेले भर्चुअल माध्यमबाट तो ल्होसार गत बिहीबार (३० डिसेम्बर २०२१) साँझ मनाएको छ ।
सो कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष श्रीमती राजदेवी गुरुङले गरेकी थिइन्। गाई वर्ग लो-ल्होको बिदाई र बाघ वर्ग तो-ल्होको स्वागत गर्न आयोजित उक्त कार्यक्रममा केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो सहभागिता थियो ।
समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा ७ औँ कार्यसमितिद्वारा समाजले आफूहरुले गरेका विभिन्न गतिविधिहरुलाई समेटेर करिब १० मिनेटको भिडियो प्रस्तुति पछि सुरु भएको उक्त कार्यक्रमलाई औपचारिक रुपमा अध्यक्ष श्रीमती राजदेवी गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरिन् । त्यसलगत्तै सम्पूर्ण पितृहरु तथा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । त्यसपछि हाम्रो देश नेपाल र बेलायतको राष्ट्रिय धुनहरु र युवा प्रथम गुरुङले भायोलिनद्वारा उत्कृष्ट धुन बजाए । त्यसपछी गुरुङहरुको धर्मगुरुहरुबाट तो-ल्होसारको शुभकामना साथै आशिर्वादको संदेश दिएका थिए । त्यसपछि समाजका प्रथम उपाध्यक्ष एवं तो-ल्होसार कार्यक्रम संयोजक डोलबहादुर गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
बधाई तथा सम्मानको कार्यक्रममा विश्वविद्यालयको अध्ययन पूरा गरेर उच्च शिक्षा हासिल गरेकी ओखलढुंगा रुम्जाटार पुर्ख्यौली घर भई हाल आशफोर्ड केन्ट निवासी तेजबहादुर गुरुङ र राजदेबी गुरुङकी सुपुत्री डा सुदीक्षा गुरुङलाई डाक्टर भएकोमा सम्मान गरिएको थियो ।
त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत यसवर्ष नेपालमा रहेर पनि गुरुङ सोसाईटी केन्ट यूकेलाई कोरोना महामारीको बेला राहत वितरणको लागि अतुलनीय साथ सहयोग दिनुहने नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्वादाता बद्रीकाजी गुरुङलाई सम्मान पत्रबाट विभूषित गरिएको थियो । गुरुङ नेपाल टेलिभिजनमा सातौं अधिकृत तहमा वरिष्ठ समाचार सम्पादक हुनुहुन्छ।
आमा रत्नकुमारी गुरुङ र बुबा भीम बहादुर गुरुङका सुपुत्र उहाँकाे पुर्ख्यौली घर सिद्धिचरण नगरपालिका रुम्जाटार -४ ओखलढुङगा भई हाल काठमाण्डौँमा बस्नुहुन्छ। वहाँको बुवा भूतपूर्व गोर्खा हुनुहुन्छ र वहाँको भाई ९३ स्टोर र गोरखा भिल्ला आसफोर्डका संचालक गोविन्द गुरुङ हुनुहुन्छ । पत्रकारिता र समाजशास्त्रमा एमए गर्नुभएका गुरुङले अहिले बीएल पनि गर्दै हुनुहुन्छ । उहाँले नेपाल सरकारबाट प्रबलजनसेवा श्री पनि पाइसक्नुभएको छ ।
त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२० बाट समाजसेवी रक्षे गुरुङ र जिता गुरुङ सम्मानित भए भने २०२१ को उत्कृष्ट समाज सेवा सम्मान पत्रबाट पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार चित्र कोन्मे गुरुङ सम्मानित भए । दुवैजना सम्मानित व्यक्तित्वहरुले कार्यक्रममा मार्गदर्शनका भनाइहरु राखेका थिए ।
गुरुङ सोसाईटी केन्ट यूकेले चित्र कोन्मे गुरुङको निस्वार्थ भावले हाम्रा भावी सन्ततिको प्रेरणा र प्रोत्साहनको लागि इस्वी सम्बत २०११ मा स्थापना गर्नु भएको ब्राइट फ्यूचर अवार्ड हरेक वर्ष जीसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुनुहुने तमु परीक्षार्थी भाइबहिनीहरुलाई अभिनन्दन र सम्मान गर्नुको हेतुले प्रदान गर्दै आईरहेकोमा गत वर्ष २०२० को जिसिएसईमा सबैभन्दा राम्रो अंक ल्याई उत्तीर्ण तमु विद्यार्थी कास्की जिल्लामा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक पर्यटकीय गाउँ धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल आशफोर्ड केन्ट निवासी गोलमान गुरुङ र मीना गुरुङको सुपुत्र साश्वत गुरुङलाई ‘ब्राइट फ्यूचर अवार्ड २०२०’ र १०१ पाउण्डको चेकद्वारा सम्मान गरिएको थियो । सन् २०२१ को जिसिएसईमा सबैभन्दा राम्रो अंक ल्याई उत्तीर्ण तमु विद्यार्थी गोरखा जिल्लाको ऐतिहासिक एवं अत्यन्तै सुन्दर गाउँ सिरान्चोक गाउँपालिका वडा नम्बर ८ जौबारी पुर्ख्यौली घर भई हाल आशफोर्ड केन्ट निवासी तारामणि गुरूङ र आशा गुरूङकी सुपुत्री सुश्री रिबिका गुरूङलाई ‘ब्राइट फ्युचर अवार्ड २०२१’ र १०१ पाउण्डको चेकद्वारा सम्मान गरिएको थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रमको अन्तमा समाजकी अध्यक्ष राजदेवी गुरुङले सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित यो वर्ष सबैभन्दा बलियो बाघ वर्गको पालो बीचमा आएको छ भन्दै ल्होसारको शुभकामना दिएर कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिइन् ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक ममता गुरुङ र सहसांस्कृतिक संयोजक इन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । गुरुङ राष्ट्रिय गीतबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा स्थानीय नयाँ पुस्ताका कलाकार भाइबहिनीहरुले अत्यन्तै सुन्दर र उत्कृष्ट गुरुङ तथा नेपाली गीतहरु प्रस्तुत गरेर उपस्थित सबैको मन जिते। निर्धारित समयमा नै सुरु भएको औपचारिक कार्यक्रमपश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले भर्चुअल जुममा उपस्थित सम्पूर्ण दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।
कलाकारहरुमा प्रथम गुरुङ, भीम प्रसाद गुरुङ, राधिका गुरुङ, रबिन्सन गुरुङ, रुबिना गुरुङ, संस्कृति गुरुङ, रक्षे गुरुङ, जिता गुरुङ, राशना गुरुङ, राइसा गुरुङ, इन्द्र गुरुङ र नेपालबाट जोडिनु भएका उत्कृष्ट गाएकद्वय राजेन कार्की र निलमणि भण्डारी थिए ।
उक्त भर्चुअल तो-ल्होसार कार्यक्रमलाई अविस्मरणीय हुने गरी विभिन्न स्थानबाट सुनमा सुगन्ध थपी आफ्नो सुन्दर अनि रमाइलो नृत्य, सुमधूर स्वोर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी केन्टबासी गुरुङहरुलाई भरपूर मनोरञ्जन गराईदिनु भएकोमा अध्यक्ष श्रीमती राजदेवी गुरुङ लगायत सम्पूर्ण केन्टबासी गुरुङहरुको तर्फबाट सबै कलाकारज्यूहरुलाई मुरीमुरी धन्यवाद दिइयो । वहाँहरुलाई सानो सम्झनास्वरुप मायाको चिनो र सर्टिफिकेट दिइएको थियो ।
केन्टबासी गुरुङहरुको बाक्लो उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रममा नेपालबाट जोडिनु भएका दुवै गायकहरुले अत्यन्तै सुन्दर गीतहरु गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएर सबैको मन जितेका थिए। उक्त कार्यक्रम बेलुकीको ११ बजे समापन भएको थियो ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक