लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठका साथ ल्होछार मनाएको छ । गत बिहीबार ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दीप प्रज्ज्वलन, घ्यासी आयु र छोग पूजा गरी तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसवर्ष विश्वभर रहेका गुरुङहरुले गाई वर्गलाई बिदाई गर्दै बाघ वर्गलाई स्वागत गर्ने क्रममा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
पछिल्लो समय कोभिड–१९ को संक्रमण द्रुतगतिले बढ्दै आएको अवस्थालाई ध्यानमा राखी बीसीसी युकेले घरमै बसेर ल्होछार मनाउन भक्तजनहरुलाई अनुरोध गरेका थिए । सोही अनुरुप भक्तजनहरुको उपस्थिति एकदमै न्यून रह्यो ।
नेपाली समुदाय बेलायतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तमू धीं युकेका अध्यक्ष हितकाजी गुरुङको विशेष उपस्थितिमा सम्पन्न उक्त ल्होछार कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेले विगत केही वर्षदेखि तमू, सोनाम, ग्याल्बो ल्होसारलगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको बताउदै तमू ल्होछारको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । त्यस्तै, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग र बीसीसी युकेका ट्रष्टिज बोर्ड अफ मेम्बर मेजर कुल बहादुर थापाले तमू ल्होछारको अवसरमा आयोजित घ्यासी पूजाले सबैमा सुस्वास्थ्य एवं शान्ति ल्यायोस् भन्दै सबै तमूहरुलाई शुभकामना दिए ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै फेसबुक लाईभ समेत गरिएको उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, आमा अध्यक्ष सीता (मञ्जु) गुरुङ, उपाध्यक्षत्रय हरि गुरुङ, जुमकाजी गुरुङ, तुलाराम गुरुङ, कोषाध्यक्ष कमल गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा लगाई स्वागत गरेको थिए । त्यस्तै, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ लगायतलाई पनि खादा लगाई स्वागत गरेका थिए ।
सो अवसरमा बीसीसी युकेका सल्लाहकार एवं ल्होछार कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङले स्वागत मन्तब्य राख्दै वर्तमान परिस्थितिका कारण सदा झैँ सामूहिक रुपमा भेला भई ल्होछार मनाउन नसकिएको बताउँदै तमू धीं युकेका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी, बीसीसी लण्डन शाखा अध्यक्षलगायत सबै भक्तजनहरुलाई ल्होछारको शुभकामना दिए ।
बीसीसी युकेका धर्मगुरुहरु टुकु रिन्पोछे घ्युर्मिद कुन्जाङ्ग र खेन रिन्पोछे कुन्ख्यापले बौद्ध परम्परानुसार संसारभर रहेका मानवजातिको सुख, शान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै घ्यासी, आयु र छोग पूजा गरेका थिए । सो अवसरमा बीसीसी युके, तमुधिं युके, बीसीसी लण्डन शाखा लगायत भक्तजनहरुले गुरुहरुको नाममा मण्डला अर्पण गरेका थिए । त्यस्तै, धर्मगुरु टुल्कु कुन्जाङ्गले उपस्थित भक्तजनहरुलाई आयुको वाङ्ग (आर्शिवाद) दिएका थिए ।
सो घ्यासी पूजापश्चात बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, आमा अध्यक्ष उर्मिला गुरुङ तथा आमा समूह उपाध्यक्ष हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबिई, मिडिया सेक्रेटरी सविन्द्र कुमार (एसके) गुरुङ, तमुधीं युकेका अध्यक्ष हितकाजी गुरुङ तथा कार्यसमितिका पदाधिकारीहरु, सहारा युकेका पूर्व अध्यक्ष मिन (साईला) गुरुङलगायत उपस्थित तमूहरुले गुम्बा परिसरभित्र नयाँ लुङ्दा समेत फेरेका थिए ।
उक्त पूजा सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेका धर्मगुरुहरु टुल्कु कुन्जाङ्ग, खेन्पो कुन्ख्याप, खेन्पो थुक्तेन, सहयोगीहरु आईबहादुर गुरुङ, सानु लामा, रामचन्द्र गुरुङलगायतले पूजाको विशेष तयारी गरेका थिए । त्यस्तै, बीसीसी युकेका अध्यक्षलगायत सिंगो कार्यसमिति, आमा अध्यक्षलगायत आमाहरु, सल्लाहकार, कार्यालय कर्मचारीलगायत भक्तजनहरुले आ–आफ्नो तर्फबाट विशेष भूमिका निर्वाह गरेका थिए ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा