न्यूयोर्क । संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको स्वागत गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकलाई बताएका छन्।
बिहीबार दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनाव र यस मुद्दामा आगामी वार्ताबारे छलफल गर्न टेलिफोन वार्ता गरेका थिए। “हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्दछौं,” सोटो निनोले फोन कलको बारेमा सोध्दा उक्त टिप्पणी गरेका हुन्।
युक्रेनी सीमामा कथित रुसी सेना परिचालन र आक्रमणको तयारीको दाबीका बीच विगत केही सातादेखि रुस र युक्रेनबीच तनाव बढेको छ । मस्कोले भने बारम्बार सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो विवेकमा आफ्नो क्षेत्र भित्र सेनालाई स्थानान्तरण गर्ने अधिकार भएको दाबी गरेको छ र रुसी सीमाना नजिक नाटोको सैन्य गतिविधिले यसको सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाएको छ।
डिसेम्बर १७ मा रूसले नाटो र संयुक्त राज्य अमेरिकालाई सुरक्षा ग्यारेन्टीको प्रस्तावहरू पठाएको छ । मस्को र वाशिङ्गटन बीच सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १० मा तय गरिएको छ । त्यसैगरी जनवरी १२ मा यो मुद्दा छलफल गर्न रूस-नाटो काउन्सिल बैठक र अर्को दिन रुस र युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिदैछ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो