काठमाडौं । नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेता पत्नीसहित निर्वाचित भएका छन् ।
जसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपाली महिलातर्फ केन्द्रीय सदस्यमा चुनाव लडिन् ।
खुला महिलातर्फ उनले २ हजार ५३६ मतसहित निर्वाचित भइन् ।
यसैगरी गृहमन्त्री एवं खुला केन्द्रीय सदस्यमा सर्वाधिक तेस्रो मत ल्याएर निर्वाचित बालकृष्ण खाँणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । नेपाल महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाँणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् ।
यस्तै, कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका पत्नी शीला खड्का पनि भूगोलतर्फ लुम्बिनीबाट २ हजार ६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शीला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शीलालाई सभापति देउवाले खुमबहादुर खड्काको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
यस्तै बाग्लुङका नेता हरि खड्काकी धर्मपत्नी चम्पा खड्का पनि केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । हरि खड्का बाग्लुङका सांसद थिए उनको सडक दुर्घटनामा निधन भएपछि चम्पा राजनीतिमा आएकी हुन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?