काठमाडौं । नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेता पत्नीसहित निर्वाचित भएका छन् ।
जसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपाली महिलातर्फ केन्द्रीय सदस्यमा चुनाव लडिन् ।
खुला महिलातर्फ उनले २ हजार ५३६ मतसहित निर्वाचित भइन् ।
यसैगरी गृहमन्त्री एवं खुला केन्द्रीय सदस्यमा सर्वाधिक तेस्रो मत ल्याएर निर्वाचित बालकृष्ण खाँणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । नेपाल महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाँणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् ।
यस्तै, कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका पत्नी शीला खड्का पनि भूगोलतर्फ लुम्बिनीबाट २ हजार ६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शीला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शीलालाई सभापति देउवाले खुमबहादुर खड्काको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
यस्तै बाग्लुङका नेता हरि खड्काकी धर्मपत्नी चम्पा खड्का पनि केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । हरि खड्का बाग्लुङका सांसद थिए उनको सडक दुर्घटनामा निधन भएपछि चम्पा राजनीतिमा आएकी हुन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी