मङ्सिरे पूर्णे

टेकबहादुर थापा

उधौली पर्व,मङ्सिरे पूर्णे
जाबेश्वर सम्राट दैलेख झर्ने
गोठालाहरुले, गोठबेंसी झार्ने
मष्टलाइ पूजने मंसिरे पूर्णे |
मुन्ठाइका धामीमा सवार भइ,
दे ! गोसाइ महाराज आऊ ||
घण्टा र चमर हातमा हल्लाई
कलशको पानी शरीरमा खन्याइ
मुन्ठाइका धामी थानमा आया
तमी गोसाइ सुबा दाइना भया |
मुन्ठाइका धामीमा सवार भइ
दे ! गोसाइ महाराज आऊ ||
तमिलाई भनी सेता बाबर
पक्याउन लगाउँला ,
नौली चामलको खीर बनाइ
तमिलाई चढाउँला,
गाब्या र आलन
तोड गोसाइ चढाउँला
मुन्ठाइका धामीमा सवार भइ
दे ! गोसाइ महाराज आऊ ||
देवता मा: जैका मुन्ठाइ रे ठूला
तमी गोसाइ सुबा दाइना भया |
फूलको माला तुही मष्ट चढाउँला
नौली न्वागी तमिमा ल्याउँला |
मुन्ठाइका धामीमा सवार भइ
दे ! गोसाइ महाराज आऊ ||
उधौली पर्व, मङ्सिरे पूर्णे,
मुन्ठाको पाइलो पछ्याउँदै आउने
मष्टलाइ पूज्ने मंसिरे पूर्णे |
मुन्ठाइका धामीमा सवार भइ
दे ! गोसाइ महाराज आऊ ||

प्रतिक्रिया

सम्बन्धित सामाग्री