
काबुल । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।
रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।अफगानिस्तानका लागि रेलमा ती सामग्री ल्याइएको बताइएको छ । ती सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।
चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो । अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी