मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो।
प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन जसमध्ये तीनको अवस्था गम्भीर छ।
“अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्,” स्थानीय कार्यालयले जनाएको छ ।
आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् ।
“बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्,” लुइस म्यानुएल गार्सियाले भने।
चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् । साथै घाइतेहरू उपचारको पर्खाइमा छन् ।
–
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?