लण्डन । बेलायत सरकारले ब्रिटिश सेनामा काम गरेका गोरखाहरुलाई भारतीय गोरखा सैनिकले पाउने पेन्सनको १४० प्रतिशत मात्र पेन्सन दिने भएको छ ।
बेलायती रक्षा मन्त्रालयले यसअघि प्रस्ताव गरेको पेन्सन योजनाको परामर्शमा आएका सुझावहरु मनन् गर्दै सो निर्णय गरेको आज जनाएको छ ।
मन्त्रालयका अनुसार गोरखा पेन्सन योजनामा रहेका गोरखाहरुलाई सन् २०१६ जनवरी १ देखि सो पेन्सन दिइने छ । जसमा दर्जाअनुसार कम्तीमा १० प्रतिशत पेन्सन वृद्धि हुने विश्वास मन्त्रालयले लिएको छ ।
मन्त्रालयले सातौँ केन्द्रीय पेन्सन योजनालाई लागू गर्न एक प्रस्ताव बनाएको थियो । जसमा ब्रिटिश गोरखाहरुलाई सन् २००० मा प्रतिवद्धता गरेअनुसार भारतीय गोरखाहरुले पाउने पेन्सनको २०० प्रतिशत दिन नसकिने भन्दै १४० प्रतिशतको प्रस्ताव गरिएको थियो ।
डिसेम्बर २०२० मा बेलायती रक्षा मन्त्रालयले सो प्रस्ताव तथा अन्य वैकल्पिक प्रस्तावहरुमाथि सरोकारवालाहरुसित १२ हप्ता लामो परामर्श शुरु गरेको थियो । दुई वटा अनलाइन मिटिङ र इमेल तथा पोष्टबाट आह्वान गरिएको परामर्शमा २९ वटा सुझाव आएको मन्त्रालयले जनाएको छ । जसमा कसैले पनि मन्त्रालयको प्रस्तावमा सहमति नजनाएको पनि बताइएको छ । सबै सुझावमा भारतीय गोरखाले पाउने पेन्सनको २०० प्रतिशत पेन्सन दिइनु नै उचित हुने जिकिर गरिएको थियो ।
तथापि बेलायती रक्षा मन्त्रालयले ती सुझावहरुप्रति आफूहरु सहमत हुन नसकेको र आफूहरुको प्रस्ताव नै सान्दर्भिक रहेको जिकिर गरेको छ । ब्रिटिश गोरखाहरुलाई नेपालमा सहयोग गर्नका लागि हालै गरिएका प्रबन्धले भारतीय गोरखाहरुसितको तुलनामा जीवनभरको सहयोग तुलना गर्न सजिलाे हुने बताइएको छ ।
मन्त्रालयले अहिले व्यवस्था गरिएको १४० प्रतिशत पेन्सनको प्रावधानले सन् २०२० सम्ममा भारतीय गोरखाहरुको पेन्सनको तुलनामा कम्तीमा १६० देखि २०० प्रतिशतसम्म ब्रिटिश गोरखाहरुको पेन्सन बढ्ने पनि बताएको छ ।
मन्त्रालयको पूर्ण निर्णय पढ्न यहाँ क्लीक गर्नुहोला ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल