
दोहा । कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्।
बुधवार अबेर साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्। “हामीले पर्शियन खाडी क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने हाम्रो साझा इच्छालाई पुष्टि गरेका छौं, “कतारी अमिरले बुधबार आफ्नो ट्विटर पेजमा लेखेका छन्।
२०१७ मा युएइमा, साउदी अरेबिया, बहराइन र इजिप्टले कतारलाई हस्तक्षेप र आतंकवादलाई प्रायोजित गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध तोडेका थिए। पछि कतिपय देशले पनि त्यस्तै गरे भने अरूले दोहासँगको कूटनीतिक सम्बन्धलाई घटाएर देशमा पूर्ण नाकाबन्दी लगाएका थिए।
दोहाले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । आफ्नो आर्थिक सफलतासँग छिमेकीहरूको असन्तुष्टि उनीहरूको शत्रुतापूर्ण नीतिहरूको पछाडि थियो भन्ने कतारको बुझाइ छ ।
जनवरीमा साउदीले आयोजना गरेको गल्फ कोअपरेशन काउन्सिलको ४१ औं शिखर सम्मेलनले खाडी देशहरूबीच एकता पुनर्स्थापना गर्ने घोषणा गरेपछि यो गतिरोध हटेको हो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी