शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०२:१५ | UK Time: 20:30

भारतीय सुरक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

वीनेपाली
२०७८ मंसिर २२ गते १३:१९

विपिन रावत श्रीमतीका साथ

चेन्नई। तमिलनाडुमा बुधबार भएको एक सैन्य हेलिकप्टर दुर्घटनामा भारतका सुरक्षा प्रमुख जनरल विपिन रावतको निधन भएको छ ।

भारत सरकारले सोको पुष्टी गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायतले रावतको निधनप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् ।

हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत उनकी श्रीमती र सेनाका कर्मचारी सवार थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

६३ वर्षीय रावत सन् २०१९ देखि भारतको सुरक्षा प्रमुख रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक