लण्डन । नेपाली जनप्रगतिशील मंच युकेको राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको छ ।
जनप्रगतिशील मंच युके सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले मंचको चौथो सम्मेलन भर्चुअरल रुपमा गर्ने निर्णय गरेको अध्यक्ष सुरेश गौतमले बताए । कोरोना नयाँ भेरिन्टको बढ्दो संक्रमणलाई मध्यनजर सम्मेलन भर्चुअल माध्यमबाट गरिने भएको हो ।
आयोजक समितिका अध्यक्ष एवम् मंचका युके अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि कार्य समितिका कुनै सदस्यलाई आवश्यक जिम्मेवारी तोक्नसक्ने अधिकार मोर्चाका अध्यक्षलाई प्रदान गरेअनुरूप प्रचार प्रसारका लागि रास्ट्रिय कमिटी सदस्य तथा युवा विभाग प्रमुख नविन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति र संघ संस्थाहरूसँग समन्वय गरी पत्रकारहरू र संघ संस्था प्रमुखहरूलाई भर्चुअल माध्यमबाटै सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न रास्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरिएको छ।
लामो समयदेखि मन्चको सम्मेलन हुन विविध कारणले नसकिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुने छ ।
सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ रहनु हुनेछ । त्यसैगरी विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिब टिबी पाठक, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्री रहनु हुने छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा