बर्लिन। जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ ।
वर्तमान अर्थमन्त्रीसमेत रहनु भएका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्नु हुने भएको हो ।
संसद सचिवालयले विहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफ हुने सुनिश्चित भइसकेको उल्लेख गरिएको छ ।
अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उहाँ चान्सलर बन्ने सुनिश्चित जस्तै भएको हो ।
मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रममन्त्री बन्नुभएको थियो । त्यसपछि उहाँ सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो ।
झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लाग्नुभएको हो । चान्सलर हुँदा उहाँ सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो