बर्लिन। जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ ।
वर्तमान अर्थमन्त्रीसमेत रहनु भएका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्नु हुने भएको हो ।
संसद सचिवालयले विहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफ हुने सुनिश्चित भइसकेको उल्लेख गरिएको छ ।
अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उहाँ चान्सलर बन्ने सुनिश्चित जस्तै भएको हो ।
मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रममन्त्री बन्नुभएको थियो । त्यसपछि उहाँ सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो ।
झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लाग्नुभएको हो । चान्सलर हुँदा उहाँ सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनुभएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा