सउल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन हुनुभएको छ ।
यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले केही हप्ता अघिमात्रै यहाँको ८ क्षेत्रमा क्षेत्रीय अधिवेशनसमेत गरेको थियो । प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यको रुपमा प्रेमसागर पौडेल, तुलसकुमार गुरुङ, भरतमणि पाण्डे, जीत कुँवर, गोविन्द शर्मा, कमलकुमार लिम्बू, युवराज अम्गाईं, हिमाल पौडेल पनि निर्वाचित हुनु भएको छ ।
कांग्रेस निकट प्रवास सङ्गठनका रुपमा सो जनसम्पर्क समिति रहेको छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ