ब्रिजटाउन। विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ ।
क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ ।
बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चार्ल्स बार्बाडोस पुग्नुभएको छ । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गरिने भएको छ ।
सोमबारदेखि मंगलबारसम्ममा गर्नेगरी सैनिक परेडदेखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन् । संक्रमणकालीन यस समारोहमा राजकुमार चार्ल्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो ।
गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गर्नु भएको थियो । बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गर्नु भएको थियो । तर बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ । तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चार्ल्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल