लण्डन । मंगलबारदेखि बेलायत आउने यात्रुहरुले पीसीआर टेष्ट गराउनु पर्ने भएको छ ।
बेलायत सरकारले आइतबार एक सूचना जारी गर्दै मंगलबार, नोभेम्बर ३० बिहान ४ बजेपछि युके आइपुग्ने यात्रुहरुले प्यासेन्जर लोकेटर फर्म भर्नपर्ने र पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ ।
यसअघि बेलायत आउँदा ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि नयाँ नियम जारी गरिएको हो ।
यसरी टेष्ट गर्दा पोजेटिभ भेटिएमा नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । यसअघि पोजेटिभ भेटिए पनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।
यसैगरी मंगलबारदेखि नै सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले जानकारी दिएका छन् तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार नयाँ नियमहरु घोषणा गरे पनि कहिलेदेखि लागू हुने बताएका थिएनन् ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रुप बी वान वान फाइव टु नाइन भेटिएपछि सबैतिर सतर्कता अपनाइएको छ । बेलायतमा पनि सो भेरियन्टको दुईवटा केस फेला परेका छन् ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?