लण्डन । मंगलबारदेखि बेलायत आउने यात्रुहरुले पीसीआर टेष्ट गराउनु पर्ने भएको छ ।
बेलायत सरकारले आइतबार एक सूचना जारी गर्दै मंगलबार, नोभेम्बर ३० बिहान ४ बजेपछि युके आइपुग्ने यात्रुहरुले प्यासेन्जर लोकेटर फर्म भर्नपर्ने र पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ ।
यसअघि बेलायत आउँदा ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि नयाँ नियम जारी गरिएको हो ।
यसरी टेष्ट गर्दा पोजेटिभ भेटिएमा नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । यसअघि पोजेटिभ भेटिए पनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।
यसैगरी मंगलबारदेखि नै सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले जानकारी दिएका छन् तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार नयाँ नियमहरु घोषणा गरे पनि कहिलेदेखि लागू हुने बताएका थिएनन् ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रुप बी वान वान फाइव टु नाइन भेटिएपछि सबैतिर सतर्कता अपनाइएको छ । बेलायतमा पनि सो भेरियन्टको दुईवटा केस फेला परेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा