नयाँ दिल्ली । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउनुहुने भएको छ ।
भारत— रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको । उहाँहरूका बीचमा सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो ।
यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।
भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्नुहुने जनाइएको छ ।
त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्वन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भन्नुभयो, “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ ।”
“२१औँ भारत—रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ आउनुहुने भएको हो र सो अबसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ,” प्रवक्ता बागचीले थप्नुभयो ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उहाँले दुई देशबीचमा सम्वन्ध थप मजबुद बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासो र सरोकारका विषयमा समेत छलफल गरेर समान धारणा र योजना बनाउन प्रयास पनि गर्ने प्रवक्ता बागचीको भनाइ छ ।
रूस र भारतले हरेक बर्ष यस्तै बार्षिक सम्मेलन गर्दै आएका छन् । यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को बार्षिक सम्मेलन रुसमै भएको थियो । त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रूस जानुभएको थियो ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए