काबुल । आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच वार्ता हुँदैछ । सो वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ ।
अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबीच भएको भेटवार्तापछि तालिवानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलबार जानकारी गराएको थियो ।
तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक विज्ञप्तिमा भनेको छ, “आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबीच वार्ताको नयाँ चरण सुरु हुनेछ ।”
वार्ताले दुई देशबीचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका शर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ ।”
अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित दुई हप्ताको वार्ताले इस्लामी राज्य अफगानिस्तान र अल–कायदा समूहको खतराका साथसाथै मानवीय सहायता विरुद्ध लड्ने जस्ता विभिन्न मुद्दाहरूमा छलफल गर्ने बताइएको छ ।
वार्ताले २० वर्षे युद्धको दौडानमा अमेरिका तथा पश्चिमी मुलुकहरूलाई सहयोग गरेका अमेरिकी नागरिक तथा अफगानीहरूका लागि अफगानिस्तानबाट सुरक्षित मार्ग कसरी प्रदान गर्ने भन्ने कुरामा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गर्नुहुनेछ ।
गत हप्ता वेस्टले वासिङ्टनबाट तालिबानलाई निश्चित शर्तहरूमा आधारित भएर मात्र कुनै पनि आर्थिक तथा कूटनीतिक सहयोग गर्न सकिने बताउनुभएको थियो ।
उहाँले तालिवानले समावेशी सरकार स्थापना गर्नुपर्ने, अल्पसङ्ख्यक, महिला तथा बालिकाको अधिकारको सम्मान गर्नुपर्ने र शिक्षा र रोजगारीमा समान पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
अन्तरराष्ट्रिय समुदायबाट अझै औपचारिक मान्यता नपाएको तालिबान सरकारका विदेश मन्त्री अमीर खान मुट्टाकीले गत हप्ता अमेरिकी संसदलाई खुल्ला पत्रमा अमेरिकाद्वारा विभिन्न शर्तमा रोकेको अफगान सम्पत्तिलाई नरोक्न आह्वान गर्नुभएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य