काबुल । आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच वार्ता हुँदैछ । सो वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ ।
अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबीच भएको भेटवार्तापछि तालिवानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलबार जानकारी गराएको थियो ।
तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक विज्ञप्तिमा भनेको छ, “आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबीच वार्ताको नयाँ चरण सुरु हुनेछ ।”
वार्ताले दुई देशबीचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका शर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ ।”
अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित दुई हप्ताको वार्ताले इस्लामी राज्य अफगानिस्तान र अल–कायदा समूहको खतराका साथसाथै मानवीय सहायता विरुद्ध लड्ने जस्ता विभिन्न मुद्दाहरूमा छलफल गर्ने बताइएको छ ।
वार्ताले २० वर्षे युद्धको दौडानमा अमेरिका तथा पश्चिमी मुलुकहरूलाई सहयोग गरेका अमेरिकी नागरिक तथा अफगानीहरूका लागि अफगानिस्तानबाट सुरक्षित मार्ग कसरी प्रदान गर्ने भन्ने कुरामा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गर्नुहुनेछ ।
गत हप्ता वेस्टले वासिङ्टनबाट तालिबानलाई निश्चित शर्तहरूमा आधारित भएर मात्र कुनै पनि आर्थिक तथा कूटनीतिक सहयोग गर्न सकिने बताउनुभएको थियो ।
उहाँले तालिवानले समावेशी सरकार स्थापना गर्नुपर्ने, अल्पसङ्ख्यक, महिला तथा बालिकाको अधिकारको सम्मान गर्नुपर्ने र शिक्षा र रोजगारीमा समान पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
अन्तरराष्ट्रिय समुदायबाट अझै औपचारिक मान्यता नपाएको तालिबान सरकारका विदेश मन्त्री अमीर खान मुट्टाकीले गत हप्ता अमेरिकी संसदलाई खुल्ला पत्रमा अमेरिकाद्वारा विभिन्न शर्तमा रोकेको अफगान सम्पत्तिलाई नरोक्न आह्वान गर्नुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल