तेल अभिभ । इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।
गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो ।
एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरुको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताउनु भएको छ । यसअघि बाह्रदेखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो । तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ ।
यो सजिलो निर्णय नभएको तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान आफ्नै कान्छो छोरालाई खोप लगाउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । इजरायल गत वर्ष कोरोनाभाइरसविरुद्ध खोपहरू शुरुवात गर्ने पहिलो देशहरु मध्ये एक हो ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा