सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: १९:४२ | UK Time: 13:57

चीनले तोड्यो लिथुआनियासँगको सम्बन्ध

वीनेपाली
२०७८ मंसिर ६ गते १३:४८


भिलनिअस । चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ यद्यपि ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ ।

आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो ।  युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेईको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि ऊ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक