सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: १९:२५ | UK Time: 13:40

सुडानमा अपदस्थ प्रधानमन्त्रीलाई पदस्थापन गर्न सेना सहमत

वीनेपाली
२०७८ मंसिर ५ गते ११:३१

सुडानका अपदस्थ प्रधानमन्त्री

खार्तुम । सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ ।

यस सम्झौतापछि सुडानका प्रधानमन्त्री हामडोक सरकारको नेतृत्वमा फिर्ता हुन लाग्नु भएको मध्यस्थकर्ताहरूले आइतबार जनाएका छन् ।

जनरल बुर्हान प्रधानमन्त्री हामडोक, राजनीतिक शक्तिहरु र नागरिक समाज संगठनहरुबीच हमडोकलाई आफ्नो पदमा फर्काउने र राजनीतिक बन्दीहरूको रिहाइका लागि राजनीतिक सहमति भएको वरिष्ठ सुडानी मध्यस्थकर्ता फदलाल्लाह बर्माले एएफपीलाई बताएका छन् ।

सुडानी मध्यस्थकर्ताहरूको समूहले पनि सम्झौताको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक