लण्डन । स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु जपरिवर्तनसम्बन्धी विश्व सम्मेलनमा विश्वका नेताहरु कार्बन उत्सर्जन गर्ने कोइलाको खपत घटाउन सहमत भएका छन् ।
एक दिन ढिलो गरी शनिबार सम्पन्न सो सम्मेलनमा भारतको अडानका कारण पूर्व लिखित सहमतिमा संशोधन गरी ‘कोइलाको प्रयोग घटाउने’ बनाइएको थियो । यसअघि ‘कोइलाको प्रयोग हटाउने’ उल्लेख थियो । भारतको अडानमा चीनले समेत समर्थन जनाएको थियो ।
सम्मेलनका अध्यक्ष आलोक शर्माले सो सहमतिमा पुग्न अपनाइएका विधिप्रति माफी मागेका छन् ।
विश्वका करिब १९० मुलुकका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा स्वीटजरल्याण्ड, मेक्सिको लगायतका मुलुकले पहिले तयार पारिएको सहमतिमा गरिएको भाषा परिवर्तनप्रति असन्तुष्टी व्यक्त गरेका छन् भने वातावरणवादीहरुले कोप २६ असफल भएको टिप्पणी गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अमेरिकी दुत जोन केरी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतले सो सहमतिको समर्थन गर्दै अझै गर्न धेरै बाँकी रहेको बताएका छन् ।
सो सम्मेलनले विकाशोन्मुख मुलुकहरुलाई आर्थिक सहयोग गर्ने तथा तापक्रम वृद्धिलाई १.५ सिन्टिग्रेडमा काम राख्न गरिएका कार्यहरुको अर्को वर्ष पुनरावलोकन गर्ने सहमति गरेको छ ।
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता