मनिला । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुहुने भएको छ । बहिर्गमनको चरणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने हुनुभएको हो ।
साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएको निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
“सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधिमार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिश्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भन्नुभएको छ ।
उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।
उहाँले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनु भएको हो ।
आफूले जनताले चाहेअनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा