हनोई। भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।
उक्त परियोजना यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ।
मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म नि:शुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।
शनिबार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् । “अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,” हुओङले सिन्ह्वालाई भनिन् ।
शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जानेछन् ।१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १ हजार यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो ।
प्रति यात्रु टिकटको दिनको मूल्य ३० हजार (दोङ) भियतनामी मुद्रा र मासिक २ लाख दोङ हुनेछ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी