लण्डन । न्यूजिल्यान्डमा आज नाेभेम्बर ७ तारिखदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ। अक्टोबरमा भएको जनमत संग्रहमा दुइ तिहाइ बहुमत (६५.१) प्रतिशतले उक्त कानुन पास भएको स्टफ न्यूजले भिडियाे सार्वजनिक गरेकाे छ।
त्यहाँकाे स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। कुनै व्यक्तिलाई निको नहुने दीर्घ रोग लागेको छ र छ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। छ महिनादेखि शारीरिक रूपमा कमजाेर हुँदै गएका विरामीले यस सेवा लिन पाउनेछन् ।
विदेशी देशहरूकाे अनुभवमा स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक वर्ष ९५० जनाले उक्त सेवाकाे लागि फाराम भरे पनि ३५० जनाले मात्र साे सेवा लिनेछन् । यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।
इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी