लण्डन । विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ ।
चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ । यो उहाँको नवौँ पुस्तक हो ।
यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उहाँ मनोनयनमा पर्नु भएको थियो । तर पुरस्कार जित्न भने सक्नु भएको थिए । उहाँलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ ।
निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिनुभयो ।
“पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन,” उहाँले भन्नुभयो ।
एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामाकरण गरिएको हो ।
श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ ।
प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक फरक पुस्ता र राजनीतिक परिस्थीतिलाई पुस्तक मार्फत झल्काउनु भएको छ ।
पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उहाँले त्यो मेहनेतको फल अहिले पाएको अनुभूति भएको अनुभव सुनाउनुभयो ।
उहाँले १७ वर्षको उमेरमै आफूले पहिलो उपन्यास लेखेको जानकारी दिनुभयो । निरन्तरको लेखाइका कारणले पनि आफू खारिँदै गएर अहिले यति ठूलो पुरस्कार पाउने अवसर जुटेको उहाँको भनाइ छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी