काठमाडौँ । नेपाली गायनका क्षेत्रमा डेढ दशकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र विकास चौधरीको सुमधुर सङ्गीत रहेको उक्त गीतको छायाङ्कन सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका रमणीय स्थान गरिकाले दृश्यहरूले दर्शकलाई लोभ्याउँछन् ।
नायिका मिरूना मगरको कुशल अभिनय रहेको म्युजिक भिडियोलाई गीतकार चन्द्र लामा ‘अनुराग’ले निर्माण गरेका हुन् । भिडियोमा उनले अभिनयसमेत गरेका छन् । वरिष्ठ छायाँकार शिव ढकालले म्युजिक भिडियो खिचेका छन् ।
युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन कौशलता प्रस्तुत भएको यस म्युजिक भिडियो हरेक पक्षबाट अब्बल बनेकाले हरेक स्तरका स्रोता दर्शकको मन जित्ने देखिन्छ ।
भिडियो हेर्न तलको लिंक क्लीक गर्नुहोला
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड