संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको हो ।
महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभएको छ – अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।
उहाँले भन्नुभएको छ कि अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन ।उहाँले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ भन्नुभयो ।
उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ भन्नुभयो । महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिनुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी