क्यानबेरा । अष्ट्रेलिया सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका अभिभावकका लागि यात्रा आवेदन खुला गरेको छ ।
कोभिड–१९ का कारण विदेशमा छुटेका आप्रवासीहरुका अभिभावकहरुलाई आवत जावत गर्नका लागि यस्तो व्यवस्था गरिएको हो ।
सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका आमाबाबुलाई ‘निकट परिवार’ को परिभाषामा समावेश गरिने जनाएको गृह मन्त्रालयले शुक्रबार यात्रा छूट सूचना जारी गर्दै नोभेम्बर १ देखि देश यात्राको लागि आवेदन अनुमति सुरु गरेको हो ।
अष्ट्रेलियाको कोभिड–१९ नियन्त्रण का लागि कडा सिमा प्रतिबन्ध अन्तर्गत नागरिक वा बासिन्दाका नजिकका परिवारका सदस्यलाई मात्र देशभित्र प्रवेश गर्न अनुमति दिइएको छ । सुरुमा आमाबाबुलाई नजिकको परिवारको रूपमा लिइँदैनथ्यो तर यो छूटसम्बन्धी व्यवस्था नोभेम्बर १ देखि सुरू भएपछि उनीहरूलाई अष्ट्रेलिया प्रवेशमा सहजता मिलेको छ ।
गृह मामिला मन्त्री करेन एन्ड्रौजले यस परिवर्तनले महामारीद्वारा छुट्टिएका थुप्रै परिवारहरूलाई पुनर्मिलन गर्न अनुमति दिने कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिगत १८ महिनाभन्दा बढीदेखि विदेशमा आमाबाबु भएका थुप्रै परिवारले विवाह, अन्त्येष्टि, नातिनातिनाको जन्म र अन्य महत्वपूर्ण घटनाहरूमा सम्लग्न हुन पाएका छैनन् । यस अवधिमा तिनीहरूको धैर्य र त्यागको लागि म यी परिवारहरूलाई धन्यवाद दिन चाहन्छु ।”
“आजको परिवर्तनसँगसँगै अस्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाका आमाबाबु अस्ट्रेलियामा पुनर्मिलन हुन सक्छन्; तिनीहरूले फेरि एक चोटि आफ्ना नातिनातिनालाई समातेर जीवनको महत्वपूर्ण उपलब्धि हासिल गर्न एक ठाउँमा भेला हुन सक्छन् ।”
अस्ट्रेलियामा प्रवेश गर्न आवेदन दिने आमाबाबुले आफ्नो वयस्क बच्चाको नागरिकता वा निवासका साथै तिनीहरूको सम्बन्धको प्रमाण प्रदान गर्नुपर्नेछ ।
आवेदकहरूले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको हुनुपर्ने आइपुगेको राज्य वा इलाकाको क्वारेन्टाइन प्रबन्धको अधीनमा रहनुपर्नेछ ।
शुक्रबार अस्ट्रेलियाले स्थानीय तवरमा प्राप्त दुई हजार ५०० भन्दा बढी नयाँ कोभिड सङ्क्रमणका घटना पुष्टि भएको र २१ जनाको मृत्य भएको जनाएका छन् ।
मेलबर्न ७७ दिनसम्म बन्द भएपछि यो नीति आउँदैछ । यो जूनदेखि पहिलो पटक कुनै पनि अस्ट्रेलियाली प्रमुख शहर बन्द नभएको संकेत हो ।
स्वास्थ्य विभागले हालै जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म १६ वर्ष र त्यसभन्दा बढी उमेरका ८६.१ प्रतिशत अस्ट्रेलियालीहरूले एउटा कोरोनाभाइरस खोप लिइसकेका छन् भने ७१.७ प्रतिशतलाई पूर्ण खोप लगाइएको छ ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप