उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको आरोप 

People watch a TV screen showing a news program reporting about North Korea’s missile launch with file footage at a train station in Seoul, South Korea, Tuesday, Oct. 19, 2021. North Korea fired a ballistic missile into the sea on Tuesday in a continuation of its recent weapons tests, the South Korean and Japanese militaries said, hours after the U.S. reaffirmed its offer to resume diplomacy on the North’s nuclear weapons program. Korean letters read: on the top of screen read: “Fired a ballistic missile.” (AP Photo/Lee Jin-man)

सोल ।  उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ ।

समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो ।यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

दक्षिण कोरियाली सेनाका प्रमुखले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ । सो क्षेप्यास्त्र समुद्रको पानीमा खसेको र दक्षिण कोरियाको पूर्वी सामुद्रिक तटमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री