टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।
यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसलगत्तै उहाँले अर्काे आमनिर्वाचनको तयारी थाल्नुभएको थियो ।
किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताउनुभएको थियो ।प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याउनुभएको छ ।
उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गर्नुभएको छ ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप