रोम। अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताउनुभएको हो ।
उक्त बैठकपछि उहाँले समाचारदाताहरुसँग भन्नुभयो– हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।
इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।
अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् ।
यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी