शुक्रबार, कार्तिक ५ २०७८ | Fri, October 22, 2021
नेपालको समय: ०२:५४ | UK Time: 22:09

कोभिड खोप नलगाउँदा ब्राजिलका राष्ट्रपतिले फुटबल हेर्न पाएनन्

वीनेपाली
२०७८ असोज २५ गते १५:५७

ब्राजिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको खुलासा गरेका छन्।
राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन्। उनले भने – किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।”
स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् ।
ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन। उनी  जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो। केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किनुभएको थियो। राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुन् जसले मास्क पनि लगाउँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक