काठमाडौँ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।
ब्यूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो । ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गाेबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिनुभयो ।
लागू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।
अनुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुजन श्रेष्ठलाई चरेश दिने सिन्धुपाल्चोक लिसंखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।
पर्सा सखुवापर्साेनी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुनाई गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो सफल भएको छ । प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो ।
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा