इस्लामाबाद। पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उहाँ ८५ बर्षको हुनुहुन्थ्यो ।
उहाँलाई कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।
पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उहाँलाई हेर्ने फरक आँखाले हेर्ने गरेका पाइन्छ ।
फोक्सोको समस्याले गर्दा इस्लामाबादको केआरएल अस्पतालमा सारिएपछि उहाँको मृत्यु भएको पाकिस्तानको राज्यद्वारा सञ्चालित राष्ट्रिय प्रसारक पीटिभीले पुष्टि गरेको छ ।
खानलाई अगस्तमा कोभिद–१९ सँगै त्यही अस्पतालमा भर्ना गरिएको थियो तर केही हप्ताअघि उहाँ घर फर्किन सक्ने बताएपछि घर लगिएको थियो । उहाँको स्वास्थ्यमा पुन स्वासप्रस्वासम्बन्धी समस्या देखिएपछि सोही अस्पतालमा लगिएको थियो ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले एक ट्वीटमा भन्नुभएको छ,“‘डा. अब्दुल कादिर खानको निधनको खबरले आफू निकै दुःखी भएको बताउनुभएको छ । सन् १९८२ देखि नजिकबाट चिनेदेखि नै मैले उहाँप्रति व्यक्तिगत रूपमा तथा पाकिस्तानी राष्ट्रपतिका हैसियतले उच्च सम्मान गर्दै आएको थिएँ ।”
“उहाँले हामीलाई राष्ट्रको प्रतिरक्षा प्रणाली मजबुत पार्न आणविक प्रणालीको विकास गर्न मदत गर्नुभएको थियो । राष्ट्रले उहाँको सेवा कहिल्यै बिर्सनुहुनेछैन ।”
खानले परमाणु क्षेत्रमा राष्ट्रलाई आर्क–राइभल भारतसँग मिलाएर आफ्नो सुरक्षालाई ‘अजेय’ बनाएकोमा प्रशंसा गरिएको थियो । इरान, लिबिया र उत्तर कोरियासँग अवैध रूपमा आणविक प्रविधि बाँडेको आरोप लागेका कारण उहाँको योगदान र उचाइ छायाँमा परेको बताउने गरिएको छ ।
खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।
सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो तर शल्यक्रियापछि उहाँलाई उक्त समस्या निको भएको थियो ।
पाकिस्तानी अदालतले उहालाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ मा उहाँले खुला हिँडडुलका लागि अनुमति पाउनु भएको थियो ।
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन