मानामा । बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ ।
अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् ।
“छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ,” बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भन्नुभयो ।
बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।
बहराइनका मन्त्री जायनीले भन्नुभयो, “हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ ।” यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सीलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उहाँले बताउनुभयो ।
युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा