नयाँ दिल्ली। दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ ।
संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।
“यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड–१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,” वक्तब्यमा भनिएको छ ।
यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड–१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित