चौतारा । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिक टन रसायनिक मल पैठारी हुन सकेको छैन ।
हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनियाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताउनुभयो ।
समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनियाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको अध्यक्ष शेर्पाले आरोप लगाउनुभयो ।
रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनियाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो । सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट ट्रेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान