ओस्लो । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।
नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, “यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि एक अनिवार्य शर्त हो।”
अध्यक्ष बेरिटले भने- “उनीहरू सबै पत्रकारहरूका प्रतिनिधि हुन् जो यस आदर्शको पक्षमा उभिएर संसारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता बढ्दो प्रतिकूल परिस्थितिको सामना गरेका छन् ।”
सन् २०१२ मा रेस्साले खोजपत्रकारिताका निम्ति र्याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको प्रमुखको रूपमा हालसम्म उनी कार्यरत छिन् ।
उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ।
त्यसैगरी मुराटोभले यस बीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।
सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।
उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन्। समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरू बीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा