धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाउनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत माग्नुभएको थियो ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् । उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा