दोहा। कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेद्वार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् । योसँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद् नियुक्त गर्दा महिलालाई समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जनभन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसदभन्दा पनि लोकतन्त्रको महत्त्वपूर्ण पक्षको रूपमा हेरिएको छ।
निर्वाचनमा पराजित उम्मेदवार आयशा जसिम अल-कुवारीले अमीरको कोटा अर्को विधानसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नको लागि महत्त्वपूर्ण रहेको बताएकी छिन् । आयशा १४ जना पुरुष दावेदारहरू विरुद्ध चार अन्य महिलाहरू सँगै निर्वाचनमा भाग लिएकी थिइन्।
“हामी चार देखि पाँच महिला नियुक्त हुने आशा गर्दछौं किनकी महिलाहरूको उपस्थिति धेरै महत्त्वपूर्ण छ।
“केही महिला उम्मेदवारहरू पक्कै निराश भएका छन् किनकी उनीहरूले बलियो कार्यक्रम प्रस्तुत गरेका थिए तर पनि पुरुष उमेद्वार नै विजयी भए”, उनले भनिन्।
अमीरले गर्ने नियुक्ति कहिले हुनेछ वा कहिले परिषद बैठक बस्नेछ भन्ने बारे अझै स्पष्ट भएको छैन।
अर्की मतदाता शम्माले आफ्नो पूरा नाम खुलाउन अस्वीकार गर्दै भनिन् “म खुसी छैन किनकी ती सबै (विजेता) पुरुष हुन् – उनीहरू मध्ये केही पुराना छन्। इमान्दारिता पूर्वक भन्नुपर्दा म अचम्ममा परेकी छु यो परिणाम उचित छैन जहाँ महिलाको प्रतिनिधित्व शून्य छ ।”
यसैगरी गल्फ इन्टरनेशनल फोरमकी निर्देशक डानिया थाफेरले ट्वीटमा लेखेकी छिन् “मैले अमीरले महिलालाई नियुक्त गर्ने प्रबल सम्भावना देखेको छु”। कतारमा शनिबार भएको विधायिका निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा