दोहा। कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेद्वार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् । योसँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद् नियुक्त गर्दा महिलालाई समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जनभन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसदभन्दा पनि लोकतन्त्रको महत्त्वपूर्ण पक्षको रूपमा हेरिएको छ।
निर्वाचनमा पराजित उम्मेदवार आयशा जसिम अल-कुवारीले अमीरको कोटा अर्को विधानसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नको लागि महत्त्वपूर्ण रहेको बताएकी छिन् । आयशा १४ जना पुरुष दावेदारहरू विरुद्ध चार अन्य महिलाहरू सँगै निर्वाचनमा भाग लिएकी थिइन्।
“हामी चार देखि पाँच महिला नियुक्त हुने आशा गर्दछौं किनकी महिलाहरूको उपस्थिति धेरै महत्त्वपूर्ण छ।
“केही महिला उम्मेदवारहरू पक्कै निराश भएका छन् किनकी उनीहरूले बलियो कार्यक्रम प्रस्तुत गरेका थिए तर पनि पुरुष उमेद्वार नै विजयी भए”, उनले भनिन्।
अमीरले गर्ने नियुक्ति कहिले हुनेछ वा कहिले परिषद बैठक बस्नेछ भन्ने बारे अझै स्पष्ट भएको छैन।
अर्की मतदाता शम्माले आफ्नो पूरा नाम खुलाउन अस्वीकार गर्दै भनिन् “म खुसी छैन किनकी ती सबै (विजेता) पुरुष हुन् – उनीहरू मध्ये केही पुराना छन्। इमान्दारिता पूर्वक भन्नुपर्दा म अचम्ममा परेकी छु यो परिणाम उचित छैन जहाँ महिलाको प्रतिनिधित्व शून्य छ ।”
यसैगरी गल्फ इन्टरनेशनल फोरमकी निर्देशक डानिया थाफेरले ट्वीटमा लेखेकी छिन् “मैले अमीरले महिलालाई नियुक्त गर्ने प्रबल सम्भावना देखेको छु”। कतारमा शनिबार भएको विधायिका निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको थियो ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित