संयुक्त राष्ट्रसंघ । विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् । महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।
उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।
सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।
बेलायती प्रधानमन्त्री स्टार्मर-अमेरिकी राष्ट्रपति ट्रम्प भेट : प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म
१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया
बेलायतको मूल्यवृद्धि दर स्थिर : तथ्यांक
यात्रा संस्मरण : पाँच दिनमा युरोपका पाँच देश पुग्दा
बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा जेनजी आन्दोलन : नेपाली दूतावास लन्डन परिसरमा श्रद्धाञ्जलीसभा
नेपालमा सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]