टोकियो। जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्नुहुने भएको छ । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहनुभएकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गर्नुभएको हो । उहाँले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसक्नु भएको थियो । मिति भने तय भएको थिएन ।
झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उहाँले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउनु हुनेभएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ ।
“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।
जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उहाँले शाही उपाधि र सम्मान गुमाउनु हुने भएको छ । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी