टोकियो। जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्नुहुने भएको छ । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहनुभएकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गर्नुभएको हो । उहाँले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसक्नु भएको थियो । मिति भने तय भएको थिएन ।
झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उहाँले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउनु हुनेभएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ ।
“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।
जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उहाँले शाही उपाधि र सम्मान गुमाउनु हुने भएको छ । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित