क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ।
मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महङ्गो क्वारिन्टिन बसाइँको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडान मार्फत आवतजावत खुला गरिनेछ।
गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् ।
प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्याण्ड जस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ। सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ। १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताउँनुभएको छ।
यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ।
सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचार माध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी