जेनेभा। रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।
अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूसको उपविदेश मन्त्री सर्गेई र्याबकोभ बीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो।
संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० को आसपास शुरू भएको थियो।
विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।
स्वीस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुवै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।
रूसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाईको अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो ।
गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिंगटन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी